मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

suresh २२ कार्तिक २०७७, शनिबार ११:४५

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित वरिष्ठ कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ ।

गजुरेलले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

गजुरेलका निकट हास्यव्यंग्य कवि लक्ष्मण गाम्नाङेले पनि गजुरेलको स्वास्थ सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।

गजुरेललाई १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम देखिएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।

हाल उनको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा भइरहेको छ । स्वास्थ्य परीक्षणपछि उनको फोक्सोमा पानी जमेको पाइएको चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ह्वाट्सएपमा नयाँ फिचर : ७ दिनपछि मेसेज आफैं हराउने

२२ कार्तिक २०७७, शनिबार ११:४५
लोकपि्रय मेसेजिङ एप ह्वाट्सएपले नयाँ फिचर थप गर्दैछ । जसअनुसार ह्वाट्सएपमा आदानप्रदान भएका मेसेजहरु ७ दिनभित्र आफैं हराउनेछन् । ह्वाट्सएपले थप गर्न लागेको disappearing message नामक फिचरले च्याटहरु एक हप्तापछि प्रापक र प्रेषक दुवैको फोनबाट स्वतः हटाइदिनेछ । विश्वभर २ अर्ब प्रयोगकर्ता रहेको ह्वाट्सएपले प्रयोगकर्ताहरुका च्याटको गोपनियतामा वृद्धि गर्नका लागि… <a href="https://abhibhara.com/?p=30">पूरा पढ्नुहोस् »</a>