शिक्षक क्षमता अभिवृद्धिमा प्रमुखले गरे खुशी ब्यक्त

अभिभारा संवाददाता ३ जेष्ठ २०८३, आईतवार २१:४६

३ जेठ २०८३

सुर्खेत/भेरीगंगा नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालले आफ्‌नो पालिकामा रहेका केही विद्यालयमा भएको अतुलनिय पैरवीले विद्यालयमा ठूलो टेवा मिलेको भन्दै खुशी ब्यक्त गर्नु भएको छ । भेरीगंगा नगरपालिकाको २ र ४ नं. वडामा वर्ल्ड शेयर कोरियाको आर्थिक सहयोगमा, एकिकृत विकासका लागि कर्नाली नेटवर्क द्धारा संचालित वास परियोजना सामुदायिक विद्यालय मोहटीमा डिप बोरिङ गरेर खानेपानी, आपूर्ति तथा विद्यालयमा सौचालय निर्माण गरी सरसफाईमा ठूलो टेवा पुर्‍याएको भन्दै प्रशंसा गर्नु भएको हो ।

वडा नं. २ र ४ मा रहेको विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा उपस्थित हुदै ढकालले विगत दुई वर्ष देखी वर्ल्ड शेयर कोरीयाको सहयोगमा संचालित परियोजनाले शौचालय निर्माण, खानेपानी निर्माण मर्मत तथा सुद्धिकरण, विद्यालयको शैक्षिक गुण स्तर सुधार, महिलाहरुको महिनावारी स्वच्छता, वाल क्लव मार्फत जनचेतना जगाएको भन्दै परियोजनाले गरेको कामको तारिफ गर्नु भएको छ । मुरली खोला विद्यालयमा पनि सरसफाई स्वच्छताको बारेमा शौचालय सहित नमुना काम गरेकोमा आगामी दिनमा समेत निरन्तरता दिन पहल गर्ने र नगरले पनि साझेदार गर्न तयार रहेको प्रमुख ढकालले बताउनु भयो ।

त्यस्तै नेटवर्कका सल्लाहकार लोक गौतमले युवाले नेतृत्व गरेको संस्था भएकाले नतिजा पनि उत्साहजनक र नमुना रहेको बताउनु भयो । संस्थाका कार्यकारी निर्देशक नारायण गिरीले आफुहरु कार्यक्रम लागु भएको क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल भएको सन्देश नगरपालिकाले नै दिएकोमा आफुहरुलाई खुशि तूल्याएको र नगरपालिकाले यस परियोजनाले संचालन गरेका उपलब्धीहरु जोगाउदै संरक्षण र स्तरीकृत गर्दै लैजानु पर्ने बताउनु भयो ।

परियोजनाको नगरपालिकाले अपनत्व लिने घोषणा गरेकोमा धन्यवाद दिदै गिरीले शिक्षासंग जोडीएका सबै सरोकारवाला निकाय र शिक्षक विशेष रुपमा तालिमवाट हासिल गरेको ज्ञानको व्यवहारीक प्रयोग गर्नु पर्नेमा जोड दिनु भएको छ । शनिवार र आईतवार गरी दुई दिन सम्म भेरीगंगाको छिन्चुमा संचालित तालिमको प्रशिक्षण होमनाथ आचार्यले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु

३ जेष्ठ २०८३, आईतवार २१:४६
काठमाडौँ, जेठ ४ गते । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना… <a href="https://abhibhara.com/?p=149">पूरा पढ्नुहोस् »</a>