यी जिल्लाका नदीमा आज बहाव बढ्ने

suresh ३ असार २०८२, मंगलवार १०:२१

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, पाल्पा र रुपन्देहीमा महाशाखाले बाढीको मध्यम जोखिम औँल्याएको छ ।

पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, काभ्रे, मकवानपुर, काठमाडौं, नवलपुर पश्चिम, अर्घाखाँची, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा भई बहने अधिकांश साना नदीमा पनि बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, वाग्मती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । नारायणी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने महाशाखाको पूर्वानुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गैरसरकारी संस्था महासंघको आन्दोलनप्रति समर्थन: अध्यक्ष माधवकुमार नेपाल

३ असार २०८२, मंगलवार १०:२१
काठमाडौँ, – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक अधिकारलाई कुण्ठित गर्ने गरी अघि बढाइएको संघसंस्था सम्बन्धी विधेयकविरुद्धको आन्दोलनमा युवा गैरसरकारी संस्था महासंघलाई समर्थन जनाएका छन्। बिहीबार महासंघका अध्यक्ष नारायण गिरी र कार्यवहाक महासचिव नरेश रिजालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई ध्यानाकर्षण पत्र… <a href="https://abhibhara.com/?p=83">पूरा पढ्नुहोस् »</a>