०३ जेठ २०८३
सुर्खेत/कर्नाली प्रदेश उप–सभामुख यशोदा न्यौपानेले युवाहरु अब समाज रुपान्तरणको लागि सहभागिता मात्र नभई कार्यन्वयनमा नै एक जुटभई निश्वार्थ भावले लाग्नुको विकल्प नरहेको बताउनु भएको छ । युवा गैर सरकारी संस्था महासंघ कर्नाली प्रदेशको नव निर्वाचित कार्य समितिलाई बधाई दिदै उपसभामुख न्यौपानेले यस्तो बताउनु भएको हो ।
युवा गैर सरकारी संस्था महासंघको कर्नाली प्रदेश र जिल्ला शाखा सुर्खेतको नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उप सभामुख न्यौपानेले युवाहरु वास्तवमा भन्नु पर्दा युवा सहभागिताको मुद्धा अब पुरानो भैसक्यो, देश नै एक किसिमले युवाहरुको पूर्ण नियन्त्रणमा छ, प्रतिनिधि सभामा युवा सहभागिता उत्साहजनक छ, प्रदेश र स्थानीय तहमा पनि अर्थपुर्ण सहभागिता छ । अब युवाले देखेको देश निर्माणको सपना कार्यन्वयन गर्नु पर्ने वा त्यसकोलागि नीति निर्माण र कार्यन्वयनकोलागि दबाब दिनु पर्ने बेला आएको बताउनु भएको छ ।
सो कार्यक्रममा महासंघका केन्दीय अध्यक्ष नारायण गिरी एवं सल्लाहकार लोकराज गौतमले नयाँ चुनिएको टिमले कर्नालीमा नमुना काम गर्न साझेदारी, पहरेदारी र खवरदारी गर्नु पर्ने बेला आएकोले युवाहरु जाागै बस्नु पर्ने बताउदै नयाँ टिमको कार्यकाल सफलताको कामना समेत गर्नु भयो । प्रदेश भेलावाट अध्यक्ष सर्मिला वि.सि. उपाध्यक्ष सम्झना सुनार, सचिव नवराज गिरी, कोषध्यक्ष सन्तोष गिरी, सदस्यहरुमा बुन प्रसाद जैसी, महेन्द्र रेग्मी, अंगत शाही, भिजन शाही, महिमा थापा, निर्मला शाही, फुलमाया रावल चयन हुन भएको छ भने सुर्खेत जिल्ला शाखा अध्यक्षमा रिता चन्दको नेतृत्वमा समिति गठन भएको छ । युवाहरुले नेतृत्व गरेका गैर सरकारी संस्थाहरुको छाता संस्था युवा गैर सरकारी संस्था महासंघ नेपाल ७७ वटै जिल्ला सातवटै प्रदेशमा क्रियाशिल रहदै युवा हक अधिकार र नीतिगत वकालत गर्दै महासंघले आएको छ ।

