नेपाली विद्यार्थी कुटिएकै स्कूलमा मुस्ताङका शिक्षक मृत भेटिए

suresh २२ कार्तिक २०७७, शनिबार ११:४४

काठमाडौं । दसैं टिकाका दिन ५१ विद्यार्थी कुटिएको देहरादुनस्थित शाक्य एकेडेमीमा मृत भेटिएका शिक्षक नेपाली भएको खुलेको छ ।

शाक्य एकेडेमी परिसरमै रहेको आवासीय भवनमा शिक्षक लुआङ लेकपा मृत भेटिएका थिए । उनी मुस्ताङ जिल्लाको लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ का पेमा थुप्तेन गुरुङका जेठा छोरा रहेको वडाध्यक्ष छिरिङ गोम्पो गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

वडाध्यक्षका अनुसार लेकपा सानैदेखि भारतमा बस्दै आएका थिए । वडाले शव बुझ्न आवश्यक कागज बनाएर पठाएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रबाट कुटिएका मध्ये ३९ नेपाली विद्यार्थी बिहीबार काठमाडौं फर्किसकेका छन् । सिन्धुपाल्चोक, रामेछाप, बाग्लुङ, रुकुम, हुम्ला, जुम्ला लगायत १९ जिल्लाका ती विद्यार्थीहरूले देहरादुन नर्फकने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

२२ कार्तिक २०७७, शनिबार ११:४४
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित वरिष्ठ कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ । गजुरेलले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा… <a href="https://abhibhara.com/?p=27">पूरा पढ्नुहोस् »</a>