फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु

suresh २२ कार्तिक २०७७, शनिबार ११:३७

जनकपुरधाम । फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर सर्लाहीमा एक जना बालकको मृत्यु भएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित महेन्द्र विष्टको घर अगाडि फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विक्रम महतोका २ वर्षीय छोरा रामप्रवेश महतो छन् । बालकको शुक्रबार साँझ डुबेर मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली विद्यार्थी कुटिएकै स्कूलमा मुस्ताङका शिक्षक मृत भेटिए

२२ कार्तिक २०७७, शनिबार ११:३७
काठमाडौं । दसैं टिकाका दिन ५१ विद्यार्थी कुटिएको देहरादुनस्थित शाक्य एकेडेमीमा मृत भेटिएका शिक्षक नेपाली भएको खुलेको छ । शाक्य एकेडेमी परिसरमै रहेको आवासीय भवनमा शिक्षक लुआङ लेकपा मृत भेटिएका थिए । उनी मुस्ताङ जिल्लाको लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ का पेमा थुप्तेन गुरुङका जेठा छोरा रहेको वडाध्यक्ष… <a href="https://abhibhara.com/?p=24">पूरा पढ्नुहोस् »</a>