गैरसरकारी संस्था महासंघको आन्दोलनप्रति समर्थन: अध्यक्ष माधवकुमार नेपाल

suresh ३ असार २०८२, मंगलवार १६:०२

काठमाडौँ, – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक अधिकारलाई कुण्ठित गर्ने गरी अघि बढाइएको संघसंस्था सम्बन्धी विधेयकविरुद्धको आन्दोलनमा युवा गैरसरकारी संस्था महासंघलाई समर्थन जनाएका छन्।

बिहीबार महासंघका अध्यक्ष नारायण गिरी र कार्यवहाक महासचिव नरेश रिजालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष नेपालले नागरिक अधिकारमा आँच आउने कुनै पनि कानुन स्वीकार्य नहुने स्पष्ट पारे। उनले भने, “गैरसरकारी संस्थाको नियमन आवश्यक भए पनि अधिकार संकुचित गर्ने ढंगले कानून ल्याउनु उपयुक्त होइन।” अध्यक्ष नेपालले यस्तो महत्वपूर्ण विषयमा महासंघले समयमै आवाज उठाएकोमा धन्यवाद पनि व्यक्त गरे।

महासंघले जेठ १४ गतेदेखि सरकारद्वारा अगाडि सारिएको विधेयकविरुद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त विधेयक संस्थाहरूको दर्ता, नवीकरण, वर्गीकरण, अनुगमन र मूल्याङ्कन जस्ता विषयमा एकपक्षीय रुपमा कठोर व्यवस्था गर्दै नागरिक स्वतन्त्रता कमजोर पार्ने प्रयास गरिएको महासंघको भनाइ छ।

नागरिक संस्थाहरूको सक्रिय सहभागिता विना गृह मन्त्रालयको अगुवाइमा विधेयक तयार पारिएकोप्रति गम्भीर आपत्ति जनाउँदै महासंघले लोकतान्त्रिक प्रक्रियामा सबै पक्षको समावेशिता आवश्यक रहेको माग गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शांघाइ सहयोग संगठनको सम्मेलन आज, प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने

३ असार २०८२, मंगलवार १६:०२
काठमाडौं । चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन आजदेखि सुरु हुँदै छ । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् । सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन गएका थिए । के हो शांघाई… <a href="https://abhibhara.com/?p=99">पूरा पढ्नुहोस् »</a>