
युवा गैर सरकारी संस्था महासंघ कर्नाली प्रदेशको अभिमुखिकरण तथा भेला आईतवार विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । कर्नाली प्रदेशको दश जिल्ला महासंघका शाखाहरुको प्रतिनिधिहरु सम्मीलित उक्त भेलाले महासंघको नयाँ कार्य समिति पुर्नगठन समेत गरेको छ ।
उक्त भेलावाट अध्यक्ष सर्मिला वि.सी. उपाध्यक्ष सम्झना सुनार, सचिव नवराज गिरी, कोषाध्यक्ष सन्तोष गिरी, सदस्यहरुमा बुन प्रसाद जैसी, महेन्द्र रेग्मी, अंगत शाही, भिजन शाही, महिमा थापा, निर्मला शाही, फुलमाया रावल चयन हुन भएको छ । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष नारायण गिरीले युवाहरु अब अधिकार र अवसरको लागि लड्ने भन्दा पनि वर्तमान अवस्थामा संघिय संसदमा उल्लेख्य युवाहरुको उपस्थितीलाई सही मार्गमा डोर्याउनु नेपाली नागरिक समाजले महत्वपूर्ण भुमिका खेल्दै उपलब्धीहरुलाई संस्थागत गर्न र युवाहरुको राजनैतिक तथा सामाजिक उपस्थितीलाई अर्थपूर्ण बनाउन लाग्नु पर्ने बताउनु भयो । विशेषगरी सामाजिक क्षेत्रमा त्यसमा पनि प्रदेश र स्थानीय तहमा युवाहरुको नीति निर्माण र कार्यन्वयनमा महासंघले सशक्त भुमिका आवश्यक रहेकाले नयाँ गठित समितिले यो यो भुमिका निभाउने विश्वास व्यक्त गर्नु भयो ।
प्रदेश स्तरीय भेलामा गैसस महासंघ कर्नाली प्रदेशका अध्यक्ष घनश्याम के.सी., युवा परिषद् सदस्य विनोद शाहीले भेला सफलताको शुभकामना ब्यक्त गर्दै बदलिदो परिवेशमा युवाहरुको भुमिका सशक्त बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
उक्त कार्यक्रममा सुर्खेत जिल्ला अध्यक्ष रिता चन्द, कालिकोट जिल्ला अध्यक्ष सन्तोष गिरी, जाजरकोट प्रतिनिधि निर्मला शाही, जुम्ला फुलमाया रावल, बुन प्रसाद जैसी हुम्ला, विनोद शाही दैलेख लगायत जिल्ला प्रतिनिधिहरुले आआफ्नो जिल्लाको रिपोटिङ सहित युवा गैसस महासंघ नेपालको गतिविधि प्रस्तुत गर्दै अब झन जिम्मेवार भएर जानु पर्नेमा जोड दिदै मन्तब्य समेत राख्नु भएको थियो । युवा गैसस महासंघ नेपाल सात वटा प्रदेश ७७ वटै जिल्लामा क्रियाशिल १ हजार ८ सय भन्दा बढी संस्थाहरु आवद्ध रहेकाेमा देशब्यापी संगठन पुनर गठन तथा सुद्धिकरण कार्यक्रम अन्तर्गत याे भेला तथा अभिमुखिकरण गरिएकाे हाे । कर्नाली प्रदेश २०७८ साल देखी गगन सिंहको नेतृत्वमा महासंघकाे गठन भई क्रियाशिल रहेकोमा भेलाले तेश्रो कार्यकालको लागि नयाँ कार्य समिति समेत चयन गरेको हो ।

