विराटनगर, २२ कात्तिक । एकीकृत भन्सार जाँच चौकी रानी, विराटनगरले चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको अवधिमा कूल सात अर्ब ९३ करोड ३० लाख ४२ हजार राजश्व संकलन गरेको छ । यस अवधिमा कार्यालयले १० अर्ब एक करोड १८ लाख छ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
संकलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कूल आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व संकलन गरेको थियो । राजश्व संकलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा एक अर्ब छ करोड सात लाख ५८ हजारले कम हो भने चालु आर्थिक वर्षमा लक्ष्यको भन्दा दुई अर्ब सात करोड ८७ लाख ६४ हजारले कम हो ।
भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा भन्सार महसुल आयाततर्फ तीन अर्ब १७ करोड दुई लाख ९२ हजार, मूल्यअभिवृद्धि कर तीन अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क ४६ करोड ३७ लाख ८२ हजार, भन्सार महसुल निर्याततर्फ ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क २७ करोड ६३ लाख, भन्सारको अन्य आय ९४ लाख ३६ हजार र पूर्वाधार कर १८ करोड १४ लाख ४० हजार छन् ।
कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको सुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ भने भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महिनामा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको जनाएको छ ।


Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.