जुम्लामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चार घाइते

suresh ३ असार २०८२, मंगलवार १०:१९

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–७, खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । चारजना घाइते छन् ।

गए राति (असार २) चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९, तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त प्रतिष्ठानमा दुर्घटनाका घाइते तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्कीको उपचार भइरहेको प्रहरी सहायक निरीक्षक रसाइलीले जानकारी दिए ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकासँग व्यापार वार्तामा दुर्लभ खनिजको विषयले चीनको हात माथि !

३ असार २०८२, मंगलवार १०:१९
काठमाडौं । विश्वको आपूर्ति शृंखलामा दुर्लभ खनिज पदार्थमा चीनको प्रभुत्वका कारण बेइजिङ र वासिङटनबीच हालै भएको व्यापार वार्तामा यो विषय प्रभावकारी सौदाबाजीको साधन बन्यो । अमेरिका र चीन दुवै पक्षले एक व्यापार फ्रेमवर्कमा सहमति जनाए र वार्ता टुंग्याए । इलेक्ट्रोनिक्स, उन्नत उत्पादन, रक्षा र स्वास्थ्य सेवाजस्ता धेरै उद्योगमा प्रयोग हुने… <a href="https://abhibhara.com/?p=77">पूरा पढ्नुहोस् »</a>