कात्तिक । प्रहरीले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउँदै जनेचतना जगाउन एफएम रेडियोसँगको सहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
प्रहरीसँगको छलफलमा रेडियो तथा एफएम सञ्चालकहरुले प्रहरीले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहकार्यको आवश्यक रहेको बताएका हुन् ।
शनिबार जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका रेडियो सञ्चालकहरुसँग छलफल गरेको थियो ।
छलफलमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले एफएम रेडियोको पहुँच ग्रामीण तहसँग हुने बताउँदै प्रहरीले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहकार्यको आवश्यकता रहेको बताएका थिए ।
छलफलमा सहभागी रेडियो सञ्चालकहरुले प्रहरी प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउँदै जनचेतना जगाउन साप्ताहिकरुपमा रेडियोमार्फत् प्रशारण गर्न सकिने बताएका थिए ।
छलफलमा सहभागी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल प्रदेश १ अध्यक्ष सन्देशदास श्रेष्ठले प्रहरीको सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।
ग्रामीण तहसम्म एफएम रेडियोको पहुँच हुने बताउँदै उनले जनतालाई सचेत गराउनका निम्ति सहकार्य आवश्यक रहेको बताए ।

